|

विराटनगरसंघीय संसदका सभामुख कृष्णबहादुर महराले फागुन २१ गते भन्दा अगाडि ३३९ कानुन संशोधन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै छिटो संसदको अधिवेशन बोलाउनु पर्ने बताए। विराटनगर विमानस्थलमा साेमबार संचारकर्मीसँग कुरा गर्दै सभामुख महराले संविधानसँग बाझिएका कानुनहरू एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सरकारलाई गम्भीर बन्न आफूले प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिएका हुन्। 

सभामुख महराले संसदमा ३३९ वटा कानुनमध्ये अहिलेसम्म एउटा कानुन पनि संशोधनको लागि दर्ता नभएको बताए। फागुन २१ गते भन्दा अगाडि पास गर्नुपर्ने गरी सरकारले तयारी गरिरहेको बताउँदै सभामुख महराले संसदको हिउँदे अधिवेशन कांग्रेसको महासमितिको बैठक सकिएलगत्तै बस्ने पनि बताए। ३३९ कानुन संशोधन गर्न पनि एकडेढ महिना लाग्ने बताउँदै उनले सरकारले कतिपय काममा पहलकदमी पुर्‍याउन नसकेको बताए।

सरकारलाई संघीयता कार्यान्वयनमा केही अप्ठ्यारो पनि रहेको बताउँदै उनले सरकारले सामाजिक सुरक्षा अभियान र महिला हिंसा विरुद्धका केही अभियान राम्रा ल्याएको भएपनि चित्तबुझ्दो तरिकाले भने काम गर्न नसकिराखेको बताए।

अमेरिकामा पनि २०० वर्ष अगाडि कार्यान्वयन भएको संघीयताको विषयमा अझै समस्या आउने गरेको बताउँदै महराले नेपालमा दुईवर्षअगाडि कार्यान्वयन भएको संघीयताको विषयमा विभिन्न टिका टिप्पणी हुन नहुने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.