|

लहान : शरीर बन्धक तथा अपरहण मुद्दामा जिल्ला अदालतले कैद सजाय सुनाएका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्। 

सप्तरी जिल्ला अदालतले २०६८ वैशाख ७ गते सुनाएको शरीर बन्धक तथा अपहरण मुद्दाका ६५ वर्षीय मो. मियाँ सुनसरीबाट पक्राउ परेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार सप्तरीको साविक घोघनपुर ४ हाल कञ्चनरुप नगरपालिका ६ घर भएका मियाँलाई अदालतले शरीरबन्धक तथा अपरहण मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो। 

पछिल्लो सात वर्षदेखि विभिन्न ठाउँमा रहेका आफन्तकोमा लुकेर बस्दै आएका मियाँ सुनसरी प्रहरीद्वारा पक्राउ परेपछि सप्तरी ल्याई जिल्ला अदालतमा पेश गरिने सप्तरी प्रहरीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.