|

सुर्खेत : कर्णाली प्रदेश सरकारले पत्रकार स्वास्थ्य विमा कार्यक्रम शुरु गरेको छ। प्रदेश सरकारले प्रदेशमा क्रियाशील पत्रकारका लागि भनेर छुट्टै स्वास्थ्य बिमा कार्यविधि बनाइ स्वास्थ्य विमा कार्यक्रम ल्याएको हो।  

पत्रकारले बिरामी, घाइते, पूर्ण रुपमा अपांगता वा कारणबस मृत्यु भएमा उक्त बिमाको सुविधा पाउने छन्। पत्रकारको कुनै कारणवस मृत्यु भएमा इच्छाएको परिवारका सदस्यले पाँचलाख सम्मको बिमा सुविधा पाउने आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल पत्रकार महासंघको सिफारिसमा पत्रकारलाई बिमा सेवा दिने छ। ‘अहिले प्रदेश सरकारले पाँचलाख सम्मको पत्रकार स्वास्थ्य विमा कार्यविधि बनाएको छ’ मन्त्री भण्डारीले भने. ‘यो हामीले प्रदेश सरकारको तर्फबाट पत्रकारलाई स्वास्थ्य सुरक्षा दिएका हौं।’  

सूचना प्रकाशन भएको १५ दिनभित्र दरखास्त इच्छुक पत्रकारले आवेदन दिनुपर्ने मन्त्री भण्डारीले जानकारी दिए। यता नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले प्रदेश सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रमको स्वागत गरेका छन्।

‘देशमै पहिलो पटक कर्णाली प्रदेशको सरकारले पत्रकारको समस्यालाई मध्यनजर गरी स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ,’ थापाले भने, ‘यो एकदमै स्वागतयोग्य कुरा हो।’ पत्रकारले दरखास्त दिनका लागि जिल्ला र प्रदेश पत्रकार महासंघमा सम्पर्क राख्नको लागि आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.