|

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुगेकी छन्। श्रृखला मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा पुग्न सफल भएकी हुन्।

श्रृंखलाले मल्टिमिडिया तर्फको अन्तिम प्रतिस्पर्धामा केन्या र मेक्सिकोकी सुन्दरीलाई पराजित गर्दै उक्त अवार्ड जितेकी हुन्। यस अवार्डका लागि नेपाल, केन्या, चीन, पोर्टोरिको र बेलायत उत्कृष्ट पाँचको सूचीमा थिए। जसबाट फाइनलमा नेपाल, मेक्सिको र केन्याकी सुन्दरी भिडेका थिए। त्यसमा नेपालकी श्रृंखलाले बाजी मारेकी हुन्।

मिस वर्ल्डमा नेपाली सुन्दरीले यो तहको अवार्ड जितेको पहिलोपटक हो। चीनमा जारी प्रतियोगिताको मल्टिमिडियातर्फको नतिजा सोमबार आएको हो।

यो प्रतियोगितामा १ सय १९ देशका सुन्दरी मिस वर्ल्डका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.