|

बैतडी : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ।

बैतडी जिल्लाबाट नेकपा सुदूरपश्चिम प्रदेश कमिटीमा १९ जना परेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली सोमबार सार्वजनिक गरेकोमा जिल्लाबाट साविक एमालेबाट नौ, साविक माओवादी केन्द्रबाट अाठ जना र राप्रपाबाट नेकपा प्रवेश गरेका दुईजनाको नाम परेको छ।

सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज भीम रावल, अध्यक्षमा कर्ण थापा, सह–इञ्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरी छन्। सुदूरपश्चिममा तत्कालीन एमालेबाट १ सय र माओवादी केन्द्रबाट ८३ जना रहने गरी १८३ सदस्यीय प्रदेश कमिटी बनाइएको छ। 

बैतडीबाट प्रदेश कमिटीमा पर्नेहरुको नामावली 

१. माया भट्ट, बैतडी सदस्य – प्रदेश संगठन कमिटी
२. दामोदर भण्डारी, बैतडी सदस्य – प्रदेश संगठन कमिटी
३. परमानन्द भट्ट, बैतडी सदस्य – प्रदेश संगठन कमिटी
४. महादेव भट्ट, बैतडी सदस्य – प्रदेश संगठन कमिटी
५. जानकी अवस्थी, बैतडी सदस्य – प्रदेश संगठन कमिटी
६. नन्दादेवी धामी, बैतडी सदस्य – प्रदेश संगठन कमिटी
७. नरेन्द्र विष्ट, बैतडी सदस्य – अञ्चल समन्वय कमिटी
८. नरेश वि.क., बैतडी सदस्य – अञ्चल समन्वय कमिटी
९. लिलाधर भट्ट बैतडी, सचिव – जिल्ला कमिटी
१०. पुष्करराज जोशी, बैतडी प्रवेशी – राप्रपा, केन्द्रीय सदस्य
११. मोहन थापा, बैतडी प्रवेशी – राप्रपा, केन्द्रीय सदस्य
१२. प्रेमप्रकाश भट्ट, बैतडी –नेकपा (माओवादी केन्द्र)
१३. रणबहादुर कुँवर, बैतडी –नेकपा (माओवादी केन्द्र)
१४. भुवनचन्द्र विक, बैतडी –नेकपा (माओवादी केन्द्र)
१५. टिकाराम भट्ट, (ज्योति) बैतडी –नेकपा (माओवादी केन्द्र)
१६. विक्रम कुँवर, बैतडी –नेकपा (माओवादी केन्द्र)
१७. शंकर सिंह भण्डारी, बैतडी नेकपा (माओवादी केन्द्र)
१८. जानकी ऐर, बैतडी –नेकपा (माओवादी केन्द्र)
१९. धर्मसिंह ऐर, बैतडी –नेकपा (माओवादी केन्द्र)

सातवटा प्रदेशमा कुल १३९० जना नेताहरूले प्रदेश कमिटीको जिम्मेवारी पाएका छन्। यीमध्ये ७३९ जना पूर्वएमालेबाट परेका छन् भने ६४८ जना पूर्वमाओवादीबाट प्रदेश कमिटीमा परेका छन्। पार्टी एकता घोषणा भएको करिब पाँच महिनापछि नेकपाले प्रदेश कमिटीहरूको टुंगो लगाएको हो ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भएको थियो। यसैबीच बैतडीमा तत्कालीन नेकपा(एमाले) र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिका सहित १० स्थानीय तहमा  पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो। 

६ स्थानीय तहमा तत्कालीन नेकपा (एमाले) ले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा  तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेतृत्व पाएको कार्यदलका सदस्य तथा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए। पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सिगास गाँउपालिकामा तत्कालीन एमालेको नेतृत्व रहनेछ। यस्तै दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउपालिका र पञ्चेश्वर गाँउपालिकामा तत्कालीन माओवादीले नेतृत्व लिने भएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.