खेलकुद

ए डिभिजन लिग : छैटाैं चरणका खेल अाजबाट
SHARES

मंसिर १८, २०७५

    काठमाडौं :  राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको छैटौं चरणका खेलहरू आजबाट सुरु हुँदैछन्। 

    एन्फा कम्प्लेक्स सातदोबाटोमा आज हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र न्युरोड टिम एनआरटी तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्नेछन्। पाँच खेलबाट शतप्रतिशत जित निकालेको मनाङ मर्स्याङ्दी क्लब १५ अंकका साथ शीर्षस्थानमा छ।

    उपाधि रक्षा गर्ने दाउमा रहेको मनाङलाई त्रिभुवन आर्मी र थ्रीस्टार क्लबले पछ्याइरहेका छन्। ४ जित र १ बराबरी खेल्दै १३ अंक जोडेको आर्मी दोस्रो र मनाङसँग हार्दै ४ जितका साथ १२ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा छ।

    पाँचौ चरणमा फ्रेण्ड्स र जावलाखेलले पहिलो जित हात पार्दा हिमालयन शेर्पाले आर्मीको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ। यता, मच्छिन्द्र र एनआटी भने अहिलेसम्म जितविहीन छन्।

    सुरुवाती दुई खेलमा बराबरी गरेको मच्छिन्द्र त्यसपछि लगातार पराजय बेहोर्दै २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । पहिलो खेलमा आर्मीसँग २–२ गोलको बराबरी खेल्दै अंक खोसेको एनआरटीले लगातार चार खेल हारेर १ अंकका साथ अंक तालिकाको पुछारमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]