|

सप्तरी : भारतबाट लागुऔषध लिएर अाउँदै गरेका तीन जनालाई प्रहरीले सीमानजिक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ।  

सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं‍. ८ का २१ वर्षीय सागरकुमार मण्डल पक्राउ परेका हुन्। जाँचका क्रममा देवको साथबाट नाइट्रोभेट १५० ट्याब्लेट, गुप्ताको साथबाट नाइट्रोभेट ३० ट्याब्लेट र मण्डलको साथबाट डिएलेक्स डिएल तीन बोतल बरामद गरेको प्रहरीले जनाएको छ। 

यस्तै प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिकाका तीन वडामा सोमबार एक हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको छ। विष्णुपुर गाउँपालिका वडा नं २, ३, र ४ स्थित ६१ घरपरिवारले लगाएको गाँजाको बोट नष्ट गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.