|

कतारले आगामी जनवरी  १ देखि पेट्रोल निर्यात गर्ने राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ।

ऊर्जामन्त्री साद शेरिदा अल काबीले ओपेकको सम्मेलनको तीन दिनअघि सोमबार  कतार ओपेकबाट बाहिरिने घोषणा गरेका हुन्। अमेरिकाको दोहामा आयोजित पत्रकार सम्मेलनमा काबीले कतारले आगामी दिनमा प्राकृतिक ग्यास उत्पादन वार्षिक सात करोड ७० लाखबाट बढाएर ११ करोड टन पुर्‍याउने लक्ष्य लिएको जानकारीसमेत दिए।

१५ पेट्रोल उत्पादक राष्ट्रको संगठनबाट बाहिरिने निर्णय लिने कतार पहिलो खाडी राष्ट्र हो। सन् १९६१ देखि ओपेकमा आबद्ध कतारको यो निर्णयलाई साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले एक वर्षअघि कतारबिरुद्ध लगाएको नाकाबन्दीको प्रतिक्रियाका रूपमा हेरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.