राजनीति

विश्व समुदायलाई राष्ट्रपतिको भण्डारीको सम्बोधन, पूर्णपाठसहित
SHARES

मंसिर १८, २०७५

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण नेपालले नगरेको कसुरको सजाय भोगिरहेको बताएकी छन्।

    पोल्याण्डमा सोमबार सुरु भएको कोप २४ सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले जलवायु परिवर्तनको नकारात्मक असर भोग्नु परेको बताएकी हुन्। जलवायु परिवर्तनलाई रोक्न पहल गरिरहेको भए पनि प्राकृतिक प्रकोपबाट नेपाल धेरै प्रभावित हुने गरेको उनले विश्व समुदायलाई जानकारी दिइन्।

    सर्वोच्च शिखर सगरमाथा र नेपालका पहाड र ज‌ंगलले विश्वको तापक्रम रोक्न मद्दत गरिरहेको राष्ट्रपतिको भनाइ छ। राष्ट्रपति भण्डारीले बढी कार्बन उत्पादन गर्ने विकसित देशहरूले हिमाली देशको वातावरण नबिग्रियोस् भनेर ध्यान दिनुपर्ने बताइन्।

    पेरिस सम्झौतालाई कार्यान्वयन गर्न पनि राष्ट्रपति भण्डारीले माग गरिन्। राष्ट्रपति भण्डारीले विश्वसमुदायमाझ मातृभाषा (नेपाली)मा सम्बोधन गरेकी थिइन्।

    सम्मेलनमा भाग लिन नेपालबाट  राष्ट्रपति विद्यादेवी भण्डारी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्रालयका अधिकारीसहितको टोली पोल्याण्डमा रहेको छ। भण्डारीले मंगलबार पाेल्याण्डका समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ। भण्डारी मंसिर २० गते स्वदेश फर्किने छिन्। 

    यस्तो थियो राष्ट्रपतिको सम्बोधन–

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]