राजनीति

संघीयता कार्यान्वयमा तीन तहकै सरकारले समन्वय गर्नुपर्छः सभामुख महरा
SHARES

मंसिर १८, २०७५

    उदयपुुरः सभामुख कृष्णबहादुर महराले संघीयता कार्यन्वय गर्न तीनै तहका सरकारले समन्वय गर्न जरूरी रहेको बताएका छन्। मंगलबार जिल्ला समन्वय समिति उदयपुरले  आयोजना गरको ‘संविधान र संघीयता कार्यन्वय र अन्तरसम्बन्ध’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

    नेपालमा संघीयता आफ्नै मौलिक शैलीको भएको दावी गर्दै उनले कार्यन्वयमा तीनै तहका सरकारले समन्वय गर्नुपर्ने औंल्याए। ‘नेपालमा नेपाली शैलीको संघीयता छ,’ उनले भने, ‘यहाँ अधिकार कम भयो, अधिकार कटौती गर्नु पर्ने भयो भन्ने हल्ला छ, यस्तो हुँदैन, सवै कुरा साझेदारीमा मिलाउँदै जानु पर्छ।’ 

    अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारले विकासमा जोड दिनुपर्ने उनले बताए। ‘संघीयता लागु हुँदा पनि केही पुराना कानुनले समस्या पारेको छन्,’ उनले भने, ‘ती पुरामा कानुुनको समस्या संघीय संसदले विस्तारै हल गर्दै जाने छ।’

    विशेष गरेर स्थानीय तहका जनप्रतिनिधिलाई क्षमता अभिबृद्धिमा जोड दिन पनि उनले आग्रह गरे। ‘संघीयता कार्यन्वनमा स्थानीय तहका जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि गराउनु पर्ने बेला आएको छ,’ कार्यक्रममा बोल्दै महराले थपे, ‘त्यसको लागि अब मैले संघीय सरकारमै जनप्रतिनिधिको क्षमता अभिबृद्धिको कार्यक्रम बनाउन सुुझाव दिने छु।’

    नेपालमा भूराजनीतिक समस्या आएको भन्दै महराले भने, ‘अहिले खाँचो भूराजनीतिक अवस्था सन्तुलन राख्नुपर्ने वेला आएको छ, मैले ठूला दलका ठूला नेताहरुसँग छलफलमा बसेको वेलामा पनि कुरा राख्दै आएको छु।’

    स्थानीय सरकारले स्थानीय स्तरमा हुने कृषिजन्य उत्पादनमा जोड दिए आर्थिक सम्बृद्धि छिटो हुने महराको दावी थियो। 

विदुर कटुवाल

कटुवाल थाहाखबरका उदयपुर संवादाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]