|

काठमाडौं : झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म 'ए मेरो हजुर ३'को अहिले धमाधम छायांकन चलिरहेको छ। हाल निर्माण युनिट मनाङको 'आइस लेक'मा पुगेर नायक अनमोल केसी र सुहाना थापाको रोमान्स खिचिरहेको छ। यसैबीच निर्माण युनिटले फिल्म छायांकनको केही तस्बिर सार्वजनिक गरेको छ।

सार्वजनिक भएका केही तस्बिरहरूमा अनमोल र सुहाना रोमान्टिक बनेका छन्। मनाङको चिसोमा सुहाना निकै खुलेकी छिन्। उनलाई निकै बोल्ड अवतारमा देख्न सकिन्छ। तस्बिर हेर्दा अनमोल र सुहानाको जोडी निकै सुहाएको देखिन्छ। झरना थापाकी छोरी सुहानाले यसै फिल्मबाट डेब्यु गर्न लागेकी हुन्।

सुनिल कुमार थापाले निर्माण गर्ने यस फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतको पनि अभिनय रहेको छ। फिल्मले चैत २९ लाई आफ्नो प्रदर्शन मिति तोकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.