|

हेटौँडा : हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित राप्ती खोलाको किनारमा एक बालिकाको बेवारिसे अवस्थामा शव फेला परेको छ।

मंगलबार बिहान करिब ८ बजेको समयमा अन्दाजी २ वर्षीया बालिकाको शव फेला पारिएको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ। पानीमा तैरिरहेको अवस्थाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बालिकाको अन्य कुनै पहिचान खुल्न सकेको छैन।

इलाका प्रहरी कार्यालय नेवारपानीका इन्चार्ज प्रहरी नायब निरीक्षक अशोकुमार यादवका अनुसार बालिकाको शरीरमा कुनै चोटपटक देखिएको छैन। खोलाले बगाएर ल्याएको हुनसक्ने उनले बताए। बालिकाको शव मंगलबार नै प्रहरीले हेटौँडा ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.