|

लहान : सप्तरीको सुरुंगा नगरपालिका ११ मलहनियाका एक दलित समुदायका आगलागी पीडित परिवारलाई नगरपालिकाले आपत्कालीन राहत वितरण गरेको छ।

नगरपालिकाको ११ नम्बर वडामा पर्ने मलहनियाका जयकुमार सदायको परिवारलाई नगरपालिकाले नगद, लत्ताकपडा र खाद्यान्न सामग्री आपत्कालीन राहतको रूपमा सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले बताए।

प्रमुख प्रशासकीय अधिकृत दासका अनुसार नगर प्रमुख मुक्तिनाथ चौधरीसहित नगरपालिकाका विपद् व्यवस्थापन शाखाअन्तर्गत कार्यरत कर्मचारीहरूको टोलीले पीडित दासको घरमै पुगेर दुई थान ब्ल्यांकेट, दुई थान तकिया, एक थान त्रिपाल, चामल, चिउरा, मुरहीलगायतका खाद्यान्न सामग्री आपत्कालीन राहतअन्तर्गत सहयोग गरिएको हो।

आगलागी पीडित सदायलाई नगर प्रमुख चौधरीले व्यक्तिगत रूपमा पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए। उनलाई तत्काल रातहका लागि सहयोग गरिएको भए पनि पुनर्स्थापनाका लागि नगर कार्यपालिकाको बैठक बसेर थप सहयोग उपलब्ध गराइने नगर प्रमुख चौधरीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.