|

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भइसकेको बताएका छन्।

हेटौंडामा मंगलबार भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष थापाले नीतिगत रुपमा भ्रष्टाचार मौलाएको, अापराधिक गतिविधि र महिला हिंसा बढ्दै गएको र न्यायालयदेखि शैक्षिक संस्थासम्म पार्टी एकीकरण भइरहेको भन्दै वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको दावी गरेका हुन्। उनले तत्कालका लागि पार्टी एकीकरण समेत टरेको बताए।

पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपासँग एकता मिति तय भइसकेको अवस्थामा समेत धोका भएको बताउँदै तत्कालका लागि पार्टी एकता टरेको बताए। उनले हिन्दूराष्ट्र, राजासहितको प्रजातन्त्र र गाई चिन्हको विषयमा सहमत भएर एकता गर्न आएको खण्डमा आफू सधैं तयार रहेको बताए।

 उनले निर्वाचनमा व्याेहोरेको हारबाट हरेस नखान कार्यकर्तालाई आग्रह गर्दै फागुन ७ गतेबाट पार्टीले गर्ने आन्दोलनको तयारीमा आजैबाट गर्न समेत आग्रह गरे। उनले पार्टी संगठन विस्तार अभियानमा रहेको र अब प्रदेश तथा अन्य संरचना समेत विस्तार गर्दै अगाडि बढ्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.