|

संखुवासभा : अज्ञात समूहले मकालु गाउँपालिका ५ का वडा अध्यक्ष जापान गुरुङको मोटरसाइकलमा आगजनी गरेका छन्।  वडा अध्यक्ष गुरुङको खाँदबारी नगरपालिका–३, मानेभञ्जाङमा रहेको को २९ प २४०० नम्बरको मोटरसाइकलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएस्पी श्याम शारु मगरले जानकारी दिए।

अख्तियार दुरुपयोग आयोगका कार्यक्रममा सहभागी हुन सदरमुकाम आएका गुरुङको गएराति ८ बजेको समयमा अज्ञात समूहले मोटरसाइकल जलाइ दिएका हुन्। आफ्नै निवास मानेभञ्जाङमा रोकिराखेको अवस्थामा आगजनी गरिएको  वडा अध्यक्ष गुरुङले बताए।

'बेलुका खाना खाइसकेर टिभी हेरिरहेको अवस्थामा  बाहिर ठूलो आवाज आयो, निस्केर हेर्दा मोटरसाइकलमा आगो लागिरहेको रहेछ', उनले भने, 'जलिरहेको मोटरसाइकल देख्न साथ हत्तपत्त छिमेकीलाई र प्रहरीलाई खवर गरेको हुँ।'

गुरुङले मोटरसाइकल भर्खरै वडा कार्यालयको नाममा खरिद गरिएको बताएका छन्। खरिद गरिएको मोटरसाइकल पास गर्न मात्र बाँकी रहेको वडा अध्यक्ष गुरुङले जानकारी दिए। मोटरसाइकलमा आगजनी कसरी भयो भनेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएस्पी मगरले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.