|

हेटौँडा : ओभरलोडका कारण अत्याधिक सवारी दुर्घटना बढेको भन्दै यहाँका यातायात व्यवसायी चिन्तित भएका छन्।

मंगलबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गर्दै यातायात व्यवसायीले ओभर लोडका कारण अत्याधिक दुर्घटना बढेकोभन्दै सरकारी नियमानुसार यातायातलाई मालसामान बोक्ने व्यवस्था हुनुपर्ने माग उनीहरूले गरेका छन्। नारायणी यातायात व्यवसायी कम्पनी प्रालि हेटौँडाका अध्यक्ष गोकर्ण पराजुलीले स्वदेशी तथा विदेशी गाडीले ओभरलोड बोकेका कारण दुर्घटना बढ्नुको साथै सडक दब्ने, बिग्रिने र पुल जीर्ण भएको दाबा गरेका हुन्।

‘ओभरलोडका कारण धेरै सममस्या देखिएको छ। यसलाई नियन्त्रण गर्न कम्पनीमार्फत् भौतिक निर्माण तथा यातायात मन्त्रालयमा पत्र दर्तासमेत गरेका छौँ’, कम्पनीका अध्यक्ष पराजुलीले भने, ‘तोकिएको भार मात्र ढुवानी गर्नका लागि विभागमार्फत् सम्बन्धित निकायमा निर्देशन अबिलम्ब उपलब्ध हुने आश्वासन प्राप्त भएको छ।’

सरकारले यही आर्थिक वर्षदेखि ढुवानीमा सुरु गरेको २.५ प्रतिशत टीडीएस कट्टाको आधिकारिक प्रमाण उपलब्ध गराउनसमेत अर्थ मन्त्रालयसँग नारायणी यातायात कम्पनीले माग गरेको छ। सरकारले तोकेको निश्चित रकम यातायात व्यवसायीले तिर्दै आएकोमा त्यसको आधिकारिक कागज पाउनुपर्ने उनीहरूको माग छ। 

पछिल्लो समय यातायात व्यवसायी लगानीको प्रतिफल प्राप्त नहुँदा आक्रान्त भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। विदेशी सवारीले सहज रूपमा मालसामान नेपालको अन्तिम गन्तव्यसम्म पुर्‍याउँदा नेपाली सवारीले समस्या झेल्न बाध्य भएको व्यवसायीको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.