|

सुनसरी : प्रदेश एकका सडकमा ट्रिपरका लागी टाइम कार्ड लागू गरिएको छ। आगामी पुस १ गतेदेखि प्रदेश १ का मुख्य राजमार्ग तथा सहायक राजमार्गमा बिहान ९ देखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म टिपर चलाउन नपाइने भएको हो।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले मंगलबार जारी गरेको सूचनाअनुसार कार्यालय तथा शिक्षण संस्था खुल्ने समय आसपास र बन्द हुने आसपासको समयमा टिपरमाथि रोक लगाइएको हो। बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म सडकमा धेरै सवारी आवागमन हुने भएकाले टिपरलाई बन्देज गरिएको हो।

प्रदेश ट्राफिक कार्यालय इटहरीका प्रमुख एसपी रवि पौडेलले दुर्घटनाको समयलाई अध्ययन गर्दा धेरै दुर्घटना अफिस आवरमै हुने भएकाले निश्चित समयका लागी टिपर बन्द गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.