|

तेह्रथुम : म्याङ्लुङ नगरपालिका ४ पिल्लेका क्यान्सर पीडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ। आर्थिक अवस्था कमजोर भएका खत्रीलाई उपचारका लागि जिल्लावासी, आफन्त, शुभचिन्तक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुबाट आर्थिक सहयोग रकम जुटिरहेको पीडितका परिवारले बताएका हुन्।

तेह्रथुमको म्याङलुङस्थित सिंहवाहिनी माविले क्यान्सर पीडित विद्यार्थी खत्रीलाई उपचारका लागि सहयोग गरेको छ। विद्यालयमा अध्ययनरत क्यान्सर पीडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुबाट संकलित एकलाख ६६ हजार ४० रुपैयाँ सहयोग गरेको हो। विद्यालयले सहयोग रकम मंगलबार क्यान्सरपीडित खत्रीका बुबा लोकबहादुर खत्रीलाई हस्तान्तरण गरेको छ। 

पीडित खत्रीको घुँडा डेक्समा ठोक्किएर जिल्ला अस्पताल तेह्रथुममा चेकअप गराउँदा हड्डीमा समस्या भएको भनियो साथै प्लास्टर गरियो। त्यसको केही दिनपछि पुनः अस्पताल जाँदा फेरि प्लास्टर गरिएको तर १५ दिनपछि खुट्टा दुखेर अस्पताल जाँदा धरानस्थित धोपा क्याम्प रिफर गरिदियो-पीडितका बुबाले बताए। उनले घोपा क्याम्पले पनि क्यान्सरको शंका गरी चितवनको भरतपुर क्यान्सर अस्पताल रिफर गरिदिएको बताए। 

डाक्टरको भनाई अनुसार सुरजको उपचारका लागि लगभग अाठ लाख खर्च लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा बाधा पुग्न सक्ने भएकोले सुरजलाई अपाङ हुनबाट बचाउन पीडित र पीडितका बुबा लोकबहादुरले सबैसँग सहयोगको लागि अनुरोध गरेपछि सहयोगी हातहरू जुटेका हुन्। 
उनको उपचारमा अहिलेसम्म चारलाख रुपैयाँ खर्च भइसकेको र अब अपरेसनका लागि थप चार लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको बुवा लोकबहादुरले बताए।

खुट्टामा सामान्य चोट लागे पनि उपचारमा लापरवाही हुँदा सुरजलाई हड्डीको क्यान्सर भएपछि हाल उनको भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ। हालसम्म सहयोग गर्नेहरूमा म्याङलुङ नगरपालिका १ घर भई हाल अस्ट्रेलियामा बसोबास गर्दै आएकी सिन्धु स्रेङले नगद ४१ हजार ७०० रकम सहयोग गरेकी थिइन्। त्यस्तै हाल अष्ट्रेलियामा रहेका राजन केसीले पनि १२ हजार १०० रकम कैलाश केसीमार्फत हस्तान्तरण गरेका थिए। 

म्याङलुङ नगरपालिका ४ साविकको पिप्ले ८ बाट १० हजार र साविकको पिप्ले ७ बाट १५ हजारका साथै म्याङलुङ नगरपालिका १ डाडाखर्कबाट एकहजार ९५० रुपैयाँ प्राप्त भएको छ। त्यसै गरी म्याङलुङ नगरपालिका ४ साविक पिप्ले ६ बस्ने खेमप्रसाद भट्टराईले नगद ५१० सहयोग गरेका छन्। पीडितको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्नका लागि वडा कार्यालय, म्याङ्लुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय समेतले सिफारिस गरेका छन्

सहयोगीहरूले सानिमा बैंकमा रहेको पीडितकी आमा चन्द्रमाया खत्रीको नाममा रहेको खातानम्बर ०१६००००१६८८० N मा सहयोग रकम जम्मा गर्न सकिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.