|

लहान : महिलामाथि जबरजस्ती करणी आरोपमा प्रहरीले राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका कोषाध्यक्ष रहेका ३५ वर्षीय मनोजकुमार मेहतालाई पक्राउ गरेको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका स्थायी बासिन्दासमेत रहेका मेहता पक्राउ परेसँगै बलात्कार एवं ठगीको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

अपहरण तथा शरीर बन्धक मुद्दाअन्तर्गत पुर्पक्षका लागि राजविराज कारागारमा रहेका पीडितकी पतिलाई छुटाई दिन्छु भन्दै मेहताले महिलाको बलात्कार गर्नुका साथै रकम ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ। पीडित महिलाले उजुरीमा मेहताले आफूसँग पटकपटक गरी १० लाख ४५ हजार रुपैयाँ लिएको र राजविराजस्थित अशोक लजमा लगेर बलात्कार गरेको आरोप लगाएकी छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार पीडित महिलाले आफूसँग पटकपटक नगद लिएको र पछिल्लो असोज १९ गते लजमा लगेर कुटपिट गर्नुका साथै बलात्कार गरेको भन्दै मंसिर १६ गते उजुरी परेपछि मेहतालाई पक्राउ गरिएको हो।

पीडित महिलाका अनुसार आरोपी मेहताले असोज १९ गते दिउँसो राजविराज कारगार अगाडि भेट भएपछि न्यायाधीशको मानिससँग भेटेर कुरा मिलाउन जानुपर्छ भन्दै लजमा पुर्‍याएर कुटपिट र बलात्कार गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.