|

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले जबर्जस्ती बल प्रयोग गरेर आफ्नो जग्गामा बसपार्क निर्माण गर्न लागेको भन्दै जग्गाधन्दीले उक्त कदमको विरोध गरेका छन्।

हेटौंडा ४ भैरवरोडस्थित भुटनदेवी उच्च माध्यमिक विद्यालय नजिकै रहेको करिब नौ कठ्ठा साढे तीनधुर जग्गामा हेटौंडा उपमहानगरपालिकाले जबरजस्ती डोजर चलाएर सम्याउने काम गरेको र बसपार्कको नाममा भौतिक पूर्वाधार ठड्याउने लागेकोभन्दै जग्गाधनी पंकज वाग्लेले आफूमाथि अन्यायन भएको बताए।

हेटौंडा ५ सानोपोखरा निवासी वाग्लेका अनुसार उक्त जग्गा उनकी पत्नी सुमित्रा रुपाखेती वाग्लेको नाममा रहेको छ। वाग्लेले भने, ‘हामीले उक्त जग्गा कपडा उद्योगसँग खरिद गरेका हौं। हाम्रो जग्गामा विभिन्न पार्टीहरुले झण्डा गाड्ने समेत गरेर सर्वोच्चमा समेत मुद्दा हाल्ने काम भयो।’ उनले मुद्दामा आफ्नो पक्षमा फैसला भएको र फैसलाको कार्यान्वयनको चरणमा रहेको पनि बताए।

वाग्लेले भने, ‘हामीले यस विषयमा उपमहानगरका प्रमुख हरिबहादुर महतलाई जानकारी गराएका छौं। उनले हामीलाई तत्काल कुनै काम चल्दैन भनेर आश्वासन दिए। तर उनी विदेश गएको मौकामा हाम्रो निजी सम्पत्तिमा डोजर चल्यो।’ उनले आफ्नो नाममा रहेको नक्सा र कित्तानम्बर देखाउँदा समेत बल देखाएर आफूले पेल्न खोजेको आरोप लगाए। उनका अनुसार सर्वोच्चको उक्त मुद्दा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले वाग्लेकै पक्षमा फैसाला गरेकी थिइन्।

‘मुद्दाको फैसाला भए पनि कार्यान्वयनमा जाँदा समय लागेको हो। जग्गाको विषयमा कुनै विवाद छैन’ वाग्लेले सर्वोच्चबाट मुद्दाको कार्यान्वयनका लागि आफूहरूले प्रक्रिया अगाडि बढाइसकेको र केही दिनमा टुंगिने बताए।

वाग्लेले उपमहानगरले बसपार्क सञ्चालनका लागि प्रक्रिया धेरै अगाडि बढाएसँगै आफूले बाध्य भएर उच्च अदालत पाटन हेटौंडा इजलाशमा समेत मुद्दा दायर गरेको बताए। हेटौंडा इजलाशले सुमित्रा रुपाखेतीको नाममा जग्गा दर्ता देखिएकाले निवेदनको टुंगो नलाग्दासम्म कुनै प्रकारको हस्तक्षेप नगर्न नगराउन अन्तरिम आदेश जारी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.