|

नवलपरासी : प्रदेश ५ सरकामर अन्य प्रदेशभन्दा अग्रपंक्तिमा रहनेगरी अगाडि बढेको भौतिक योजना पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताएका छन्। प्रदेश ५ सरकार अन्य प्रदेशभन्दा पहिले कानुन निर्माण गर्दै शुसासनसहित सीमित स्रोत र साधनको उच्चतम प्रयोग गरी सातवटै प्रदेशमध्ये अग्रपंक्तिमा रहने मन्त्री चौधरीले बताए।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले प्रदेशमा कर्मचारी अभाव भएका कारण कुनै पनि योजनाले गति लिन नसकेको भन्दै कर्मचारी र बजेटको तालमेल नमिले विकास हुन नसक्ने बताए।

प्रदेश सरकारले पहिलो चौमासिकमा कर्मचारी व्यवस्थापन, कानुन निर्माण प्रकृया र संस्थागत संरचना निर्माणका कामहरू भएको चौधरीले बताए। बजेटको अख्तियारी आइसकेकोले अब विकास निर्माणका कामले गति लिनेमा चौधरीले प्रष्ट पारे।

एक घर एक धारा सरकारको नीति रहेकोले अब हरेकको घरमा धारा पुग्नुपर्ने र स्वच्छ खानेपानी नागरिकको मौलिक हक संविधानमै उल्लेख भएकोले संघीय, प्रदेश र  स्थानीय तीन तहकै सरकाले खानेपानीको क्षेत्रमा तदारूपताका साथ काम गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले अबको पाँच वर्षभित्र नगरभित्रका हरेक नागरिकको पहुँचमा शुद्ध खानेपानी पुग्ने गरी नगरपालिकाले काम गरिरहेको बताएका थिए।

२०५५ सालबाट खानेपानी वितरण सुरु गरेको बर्दघाट खानेपानीले बर्दघाट नगरपालिका ४ मा साना शहरी खानेपानी आयोजनासमेत सम्पन्न गरी अहिले तीन हजार ३०० भन्दा धेरै घरधुरीलाई २४ सै घण्टा गुणस्तरको पिउने पानी उपलब्ध गराउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.