|

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको विशेष टोलीले मंगलबार काठमाडौंको कमलपोखरीबाट एक थान अवैध पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर जिल्लाको चाँपागाउँ घर भएका २४ वर्षीय शिशिर श्रेष्ठ छन्।

सशस्त्र प्रहरी बलको विशेष टोलीले उनको साथबाट ७.६२ एमएमको अटोमेटिक पेस्तोल बरामद गरेको छ। साथै उक्त पेस्तोलसँगै एउटा म्याग्जीनसमेत बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए। उनका अनुसार उक्त पेस्तोलमा मेडईन यूएसए लेखिएको छ।

श्रेष्ठको साथमा अवैध पेस्तोल रहेको भन्ने खबर प्राप्त भएपछि खटिएको सशस्त्र प्रहरी बलको विशेष टोलीले उनलाई कमलपोखरीस्थित एक रेस्टुरेन्टबाट अपरान्ह करीव पाँच बजे पक्राउ गरेको उपरीक्षक अजय छतकुलीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.