|

भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै संस्करणका खेलबाट सन्यास लिएका छन्। उनी पछिल्लो दुई वर्षयता भारतको राष्ट्रिय टिमबाहिर थिए।

यसैबिच मंगलबार गौतम गम्भीरले सामाजिक संजाल फेसबुकमा एक भिडियो राख्दै सबै किसिमका क्रिकेट खेलबाट सन्यास लिएको जानकारी दिएका हुन्।

गम्भीरले सन्यासको सन्देशमा लेखेका छन्, ‘सबैभन्दा मुस्किल फैसला मन भारी बनाएरै लिइन्छन्। यस्तै भावुक अवस्थामा मैले यो फैसला लिएको छु, जसलाई लिएर जिन्दगीभर डर लागेको थियो।’

देब्रेहाते ब्याट्सम्यान गौतम गम्भीरले लामो समयसम्म भारतका लागि टेस्ट, वानडे र टी-२० मा उत्कृष्ट खेलेका थिए। उनले सन् २०११ को विश्वकप भारतले जित्दा फाइनलमा सबैभन्दा बढी ९७ रन बनाएका थिए।

गौतम गम्भीर ३७ वर्षका भएका छन्। उनले सन् २००३ मा बंगलादेश विरुद्ध भारतका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले ५८ टेस्ट खेलेका थिए। त्यस्तै खेल जीवनमा १४७ वानडे खेले भने ३७ अन्तर्राष्ट्रिय टी-२० खेलेका थिए।

उनी आईपीएलमा कप्तान रहेको बेला कोलकाता नाइट राइडर्स दुई पटक च्याम्पियन बनेको थियो।

भिडियोः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.