|

इंग्लिस प्रिमियर लीगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई १५ खेल सम्म कायम राखेको छ। प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डलाई २–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो।

साविक च्याम्पियन सिटी जारी सिजनपनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। सिटीले १५ खेलको समाप्तीमा १३ खेलमा जित निकाल्दा २ खेलमा बराबरी गरेको छ। सिटीलाई लिभरपुलले पछ्याइरहेको छ। लिभरपुलपनि लिगमा अपराजित रहेको छ। उसले एक खेल बढीमा बराबरी खेलेको छ। एक खेल कम खेलेको लिभरपुलको २६ अंक हुँदा सिटीको ४१ अंक रहेको छ।

वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा सिटीले खेलको ४०औं मिनेटमा लिरोए सानेको गोलबाट अग्रता बनाएको थियो। उनले रियाद महारेजको पासलाई सदुपयोग गर्दै खेलमा अग्रता दिलाए। ५१औं मिनेटमा रियाद महारेजले गोल गरेपछि सिटीले खेलमा २–० को अग्रता बनाउन सफल भयो। ८५औं मिनेटमा एबिडौलाय डाउकुरेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि सिटी विरुद्ध कुनै चमत्कार संभव भएन्। एक खेल कम खेलेको लिभरपुल ५ अंकले पछि रहेको छ।

प्रिमियर लिगका अन्य खेलमा १० खेलाडीमा समेटिएको ब्राइटन होभ अल्वियोनले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्‍यो। ब्राइटनका ग्लेन मुरे, लियोन बालोगन र फ्लोरिन एन्डनले गोल गरे। क्रिस्टलका लुका मिलिभोजेभिकले सान्तवाना गोल फर्काए। ब्राइटनका सेन डफी २८औं मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। लिगकै अर्काे खेलमा वेस्टह्याम युनाइटेडले कार्डिफ सिटीलाई ३–१ ले पराजित गर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.