सगरमाथा अाधार शिविर पुर्‍याइने

|

काठमाडाैं : जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकप ट्रफी बुधबार नेपाल ल्याइँदैछ। विश्व रग्बी ट्रफी टुरअन्तर्गत ट्रफी बुधबार  दिउँँसो ४ बजे नेपाल आइपुग्ने रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए। 

नेपाल रग्बी संघको पहलमा नेपाल ल्याइने ट्रफी यही मङ्सिर २३ गतेसम्म नेपालमा राखिनेछ। नेपालमा रहँदा विश्वकप ट्रफीलाई सगरमाथाको आधार शिविरसम्म पुर्‍याइने अध्यक्ष घिसिङले जानकारी दिए। ट्रफीलाई विश्व सम्पदा सूचीमा समावेश सगरमाथाको आधार शिविर तथा स्वम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र पाटन दरबार स्क्वायरलगायत स्थानमा घुमाइनेछ।

त्यस्तै मङ्सिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ। फेस्टिभलमा नेपाली कलाकारको प्रस्तुतिसँगै स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता हुने आयोजकले जनाएको छ। रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.