|

संखुवासभा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा संखुवासभाबाट ४६ वटा उजुरी दर्ता भएको जनाएको छ। आयोगको कार्यालय इटहरीले मंगलबार खाँदबारीमा गरेको भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत सार्वजनिक गरिएको हो।

आर्थिक वर्ष ०७४/७५ मा आयोगमा ४६ उजुरी दर्ता भएको हो। जसमा गत आवको १७ वटा जिम्मेवारी सरी आएको र २९ वटा नयाँ दर्ता भएको आयोगले जनाएको हो। ४६ उजुरीमध्ये २१ वटा फर्स्योट भएको र २५ वटा उजुरी फर्स्योट गर्न बाँकी रहेको जनाएको हो। जसमा मन्त्रालयगत उजुरीअन्तर्गत संघीय मामिला १५, शिक्षा ८, भुमिसुधार १, स्वास्थ्य १, वन ३ र भौतिकमा १ ओटा नयाँ उजुरी दर्ता भएको हो। हालसम्म संखुवासभाबाट १ सय ७४ उजुरी परेको र १ सय ४९ ओटा फर्स्योट भएको छ भने २५ उजुरी फर्स्योट गर्न बाँकी रहेको आयोगले जनाएको छ।

आव २०७४÷०७५ मा विभिन्न जिल्लाबाट आयोगमा परेको १२ सय ९६ उजुरीमध्ये ७ सय ३६ उजुरी फर्स्योट भएको र ५ सय ६० उजुरी फच्र्यौट गर्न बाँकी रहेको आयोगले जनाएको छ।

उक्त कार्यक्रममा अख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख महेश आचार्यले विगत वर्षमा शिक्षाका क्षेत्रमा बढी उजुरी परे पनि हाल स्थानीय तहका उजुरी बढेको बताए। प्रमुख आचार्यका अनुसार स्थानीय तहका भौतिक निर्माण, नदी जन्य पदार्थ उत्खनन्, साधन, सामाग्री खरिद सम्बन्धिका उजुरी पर्ने गरेको छ। कार्यक्रममा आयोगका प्रमुख, प्रवक्ता, सहसचिव लगायत जिल्लाका सबै वडाका वडाअध्यक्षको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.