|

काठमाडौं : मिन विष्टद्वारा संगीतबद्ध ‘झ्याइँ झ्याइँ ‘ बोलको गीत रिलिज भएको छ। धेरै गीतमा स्वर भरिसकेका मिनले यो पटक यस गीतलाई ‘थ्री डी’ भर्सनमा प्रस्तुत गरेका छन्।

पछिल्लो समयमा प्रविधिको विकास सँगै थ्रिडी फिल्म बन्ने क्रम पनि बृद्धि भएको छ। दृश्यमा मात्रै तेस्रो आयाम हुँदैन, ध्वनिमा पनि तेस्रो आयाम हुन्छ, यहि मान्यतामा मिनले थ्रिडीमा यो गीत तयार पारेका हुन्।

जानु काम्बाङ लिम्बुको शब्द रहेको गीतलाई एरेन्ज कुमार थापाले एरेन्ज गरेका छन्। नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतले नेपाली मौलिक बाजाको झल्को दिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.