|

काठमाडौं : बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री सुरु गरेको छ। कम्पनीले  छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो। 

उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कूल बिक्री गर्न लागिएको शेयरमध्ये तीन हजार कित्ता सामूहिक लगानी कोष र नौ हजार ३०० कित्ता संस्थामा कार्यरत कर्मचारीलाई छुट्याइएको छ। 

शेयर बिक्री छिटोमा यही मङ्सिर २३ गते र ढिलोमा आगामी पुस १९ गतेसम्मलाई तोकिएको लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.