समाज : सुरक्षा/अपराध

निर्मला हत्या प्रकरणमा नयाँ ट्विस्टः काठमाडौंबाट एक युवा पक्राउ
SHARES

मंसिर १९, २०७५

    काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट २२ वर्षका युवालाई निर्मला हत्या प्रकरणमा जोडिएको आरोपमा पक्राउ गरेको छ। बलात्कारपछि हत्या गरिएकी कञ्‍चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको घटनामा जोडिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

    प्रहरीले उनको नाम भने गोप्य राखेको छ। उनलाई पक्राउ गर्नेबित्तिकै डिएनए टेस्टका लागि स्याम्पल पठाइएको सिआइबीले जनाएको छ। प्रहरीका अनुसार ती युवामाथि प्रहरीलाई सुरुवाती दिनदेखि नै शंका थियो। तर, उनी भारतमा भएको परिवारले बताउँदै आएको थियो। निर्मला हत्या प्रकरणमा उनको केही न केही हात हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले उनलार्इ मंगलबार साँझ पक्राउ गरेको हो।

    सिआइबीले थप २५ जनामाथि सोधपुछ भइरहेको जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]