नेकपाको प्रदेश कमिटीमा महिला संख्या २० प्रतिशत

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको करिब सात महिनापछि प्रदेश कमिटीलाई पूर्णता दिएको छ। गएको मंसिर १२ गते बसेको नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको हो। तर त्यसको पूर्ण नामावली भने नेकपाले मंसिर १७ गते मात्रै सार्वजनिक गरेको छ।

मुलुकको प्रमुख तथा सरकारको नेतृत्व गरेको दलमा प्रतिनिधित्वको हिसाबले यसअघि पूर्णता दिइएका सचिवालय, स्थायी समिति तथा केन्द्रीय कमिटीमा महिला सहभागिता हेर्दा संविधानको व्यवस्थाभन्दा ठीक विपरीत देखिन्छ।

नेपालको राष्ट्रिय जनगणना, २०६८ अनुसार करिब ५२ प्रतिशत महिलाको जनसंख्या रहेको छ। नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गरेको छ भने राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १५ को उपदफा ४ ले राजनीतिक दलको प्रत्येक तहमा कम्तीमा एक तिहाई महिला प्रतिनिधित्व अनिवार्य गरेको छ। सोही ऐनबमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले भने एक तिहाई महिलाको प्रतिनिधित्व गराएका छैनन्।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा दलहरूले आयोग समक्ष महाधिवेशनबाट ऐनबमोजिम ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने लिखित प्रतिबद्धता जनाएका थिए तर व्यवहारमा कुनै पनि पार्टीको नीति निर्माण तहमा महिला सहभागिता नाम मात्रको छ।

मुलुकको ठूलाे दल नेकपाको केन्द्रीय नेतृत्वमा महिला प्रतिनिधित्व संविधानको व्यवस्थाअनुसार हुन सकेको छैन। नौ सदस्यीय रहेको नेकपाको कार्यालयमा एक जना पनि महिला छैनन्।

४५ जना सदस्य रहेको नेकपाको स्थायी समितिमा जम्माजम्मी तीन जना मात्रै महिला छन् भने ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना मात्र महिला छन्। यद्यपि, नेकपाका नेताहरूले ३३ प्रतिशत महिला सहभागिता आगामी महाधिवेशनबाट गराउने प्रतिबद्धता जनाएका छन्।

करिब २० प्रतिशत महिला

नेकपाको गएको असोज ५ गते सम्पन्न सचिवालय बैठकले प्रदेश कमिटीका अध्यक्ष, सचिवहरू चयन गर्दै इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको थियो। मंसिर १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरू टुंग्याउँदै प्रदेश कमिटीलाई पूर्णता दिएको छ।

नेकपाको प्रदेश कमिटीमा महिला प्रतिनिधित्वको हिसाबले पुनः प्रश्न उठेको छ। नेपालको संविधान जारी गर्न प्रमुख भूमिका निर्वाह गरेका नेकपा (तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र)भित्रै महिला प्रतिनिधित्वको हिसाबले संविधानको व्यवस्थाअनुसार प्रतिनिधित्व गराइएको छैन। 

जम्मा एक हजार ३३८ सदस्य संख्या रहेको नेकपाको प्रदेश कमिटीमा २७१ जना महिला प्रतिनिधित्व रहेको छ, जुन करिब २० प्रतिशत हो। प्रदेशअनुसार हेर्दा प्रदेश १ मा १९ प्रतिशत, प्रदेश २ मा करिब १७ प्रतिशत, प्रदेश ३ मा करिब २२ प्रतिशत बढी महिला प्रतिनिधित्व रहेको छ।

यसैगरी गण्डकी प्रदेशमा २१ प्रतिशत बढी, प्रदेश५ मा २३ प्रतिशत बढी, कर्णाली प्रदेशमा २० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १५ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यसरी हेर्दा कुनै पनि प्रदेशको प्रदेश कमिटीले संविधानको व्यवस्थाअनुसार महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउन सकेका छैनन्।

नेकपा प्रदेश ५ की अध्यक्ष ओनसरी घर्ती मगर संविधानअनुसार महिला प्रतिनिधित्व बढाउने क्रममै नेकपा रहेको बताउँछिन्। अगुवालाई मात्र हेर्दा अहिले नै संख्या पुर्‍याउन समस्या हुने भए पनि संविधानको व्यवस्थाअनुसार प्रतिनिधित्व गराएर महिलाको सहभागिता वृद्धि गर्नुपर्ने उनको भनाइ छ। 'पार्टीले संविधानमा भएको समानुपातिक समावेशी नीति अपनाउनुपर्छ। नीतिगत रूपमा समावेशी, समानुपातिक भन्यो भने महिलाहरू नेतृत्वमा आउँछन् र अरू समुदाय पनि आउँछन्। नत्र त आउन सक्दैनन्', उनी भन्छिन्, 'सबै कमिटीहरूमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन दुवै अध्यक्षहरूले गृहकार्य गरिरहनुभएको छ। त्यो अब हुन्छ। हामीले त उठाउँदै आएको विषय हो।'

यो विषय महिलाहरूले मात्र नभएर सबैले उठाउने विषय भएको अध्यक्ष घर्तीमगरको भनाइ छ। भन्छिन्, 'कम्युनिस्ट आन्दोलनले महिलाहरू उत्पादन गर्नका निम्ति निकै मिहिनेत पनि गरेको छ। उहाँहरूले आफ्नो मिहिनेत खेर फाल्ने हो कि उपयोग गर्ने हो भन्ने कुरामा उहाँहरू पनि जिम्मेवार हुनुहुन्छ।'

प्रदेश १

प्रदेश १ को प्रदेश कमिटीमा विधानअनुसार २०७ सदस्य रहेका छन्, जसमा तत्कालीन एमालेका तर्फबाट १२२ जना रहेका छन् भने तत्कालीन माओवादीका तर्फबाट ८५ जना सदस्य रहेका छन्। यसमध्ये महिला सदस्य संख्या ३८ जना (करिब १९ प्रतिशत) मात्रै रहेको छ।

प्रदेश २

यसैगरी प्रदेश २ मा २१५ सदस्यीय प्रदेश कमिटी रहेको छ, जसमा तत्कालीन एमालेबाट १०६ जना रहेका छन् भने माओवादीका तर्फबाट १०६ जना रहेका छन्। पार्टी एकतापश्चात् प्रवेश गरेका तीन जनालाई समेत कमिटीमा समेटिएको छ। यस प्रदेशमा जम्मा संख्यामध्ये ३५ जना (१७ प्रतिशत) महिलाहरू रहेका छन्।

प्रदेश ३

प्रदेश ३ को नेकपाको प्रदेश कमिटी २१७ सदस्यीय रहेको छ, जसमा तत्कालीन एमालेबाट ११६ जना रहेका छन् भने तत्कालीन माओवादीबाट १०१ जना रहेका छन्। जम्मा संख्यामा महिलाको संख्या ४९ जना अर्थात् करिब २२ प्रतिशत बढी रहेको छ। यो सबै प्रदेशमध्ये सबैभन्दा बढी संख्या पनि हो।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको प्रदेश कमिटीमा १८७ सदस्यमध्ये तत्कालीन एमालेबाट १०२ जना रहेका छन् भने तत्कालीन माओवादीबाट ८५ जना रहेका छन्। जम्मा संख्यामध्ये ४० जना महिला रहेका छन्, जुन २१ प्रतिशत बढी हो।

प्रदेश ५

नेकपा प्रदेश ५ को प्रदेश कमिटीमा २०३ सदस्य संख्या रहेको छ, जसमध्ये तत्कालीन एमालेबाट १०६ जना छन् भने तत्कालीन माओवादीबाट ९७ जना रहेका छन्। जम्मा सदस्य संख्यामध्ये महिलाको संख्या ४८ जना रहेको छ, जुन झण्डै २३ प्रतिशत बढी हो।

कर्णाली प्रदेश

नेकपा कर्णाली प्रदेशको प्रदेश कमिटीमा १७५ जना सदस्य छन्, जसमा तत्कालीन एमालेबाट ८७ जना र तत्कालीन माओवादीबाट ८८ जना छन्। प्रदेशको जम्मा संख्यामध्ये ३५ जना महिला समेटिएका छन्, जुन २० प्रतिशत हो।

सुदूरपश्चिम प्रदेश

नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीमा १८३ जना सदस्य रहेका छन्, जसमध्ये तत्कालीन एमालेबाट १०० जना रहेका छन् भने तत्कालीन माओवादीबाट ८३ जना रहेका छन्। यस प्रदेशको जम्मा संख्यामध्ये २६ महिला सदस्य छन्, जुन करिब १५ प्रतिशत हुन आउँछ।  

प्रदेश १ को सूची :

  • अम्बिका राजभण्डारी
  • विद्या राई
  • मेनुका काफ्ले
  • पवित्रा निरौला खरेल
  • विमला वि.क.
  • मीना यादव
  • लक्ष्मी फुयाँल
  • नैनकला ओझा
  • भीमकुमारी राउत
  • अम्बिका थापा
  • तारा राई
  • राधा गुरुङ
  • नीरादेवी आचार्य
  • शकुन्तला बस्नेत
  • मुना श्रेष्ठ
  • सौमाया राई
  • आबनिमा लामा शेर्पा
  • शकुन्तला राजभण्डारी
  • शान्ता ढुंगेल
  • उषाकला राई
  • यशोदा अधिकारी
  • सावित्रा रेग्मी
  • सुमित्रा भण्डारी
  • लक्ष्मी आङछाङबो
  • सीता थेवे
  • सोममाया राई
  • उर्मिला तामाङ
  • लक्ष्मी नेउपाने
  • कल्पना कार्की
  • सुशीला घिमिरे
  • गीता तिम्सिना
  • उमिता विश्वकर्मा
  • तारा भट्टराई
  • धनमाया वि.क.
  • इन्दिरा मिश्र
  • अरुणादेवी राई
  • करुणा ढुंगेल
  • चम्पा कार्की

प्रदेश २ को सूची :

  • सरिता ढुंगाना
  • गोमा बिष्ट
  • असरा चौधरी
  • पल्टीदेवी यादव
  • दुर्गीदेवी पासवान
  • रामसुन्दरी देवी
  • दुर्गा दाहाल
  • कौशिल्या धनहा मगर
  • जयरानीदेवी सहनी
  • सीता गुरुङ
  • कल्याणी चौधरी
  • तुलसा दहाल
  • प्रेममाया श्रेष्ठ
  • तारा पोख्रेल
  • सीता शाह
  • अञ्जु पौडेल
  • रञ्जना सरकार
  • बेचु लुङ्गेली
  • कल्पना कटुवाल
  • रेखा झा
  • बिना शर्मा मारवारी
  • बुधनीदेवी महतो
  • विद्या सिन्हा
  • गंगा चौधरी
  • गीता कँडेल
  • कविता साह
  • देवकी नेपाल
  • माया बल
  • सावित्री बुढाथोकी
  • शिला यादव
  • तारादेवी महतो
  • रुवी कर्ण
  • निशा साह
  • गंगा पासवान
  • भवानी थापा

प्रदेश ३ को सूची :

  • मुनु सिग्देल
  • ईश्वरी पौडेल
  • हर्कमाया रुम्बा
  • प्रभा बराल
  • शारदा कुमाल
  • सरिता लम्साल
  • जानुका सिम्खडा
  • गोमा भुर्तेल
  • निर्मला शाही
  • माया कार्की
  • सरस्वती बस्नेत
  • मीना काफ्ले
  • शान्ति श्रेष्ठ
  • शिवकुमारी खनाल
  • देवकी श्रेष्ठ
  • सरस्वती बाटी
  • मैना अछामी
  • कमला श्रेष्ठ
  • दुर्गा थापा
  • विष्णु ओझा
  • भगवती नेपाल
  • सिता वश्याल
  • विन्दा ढुंगाना
  • रत्ना गुरुङ
  • शान्ति अधिकारी
  • अप्सरा चापागाईं
  • शान्ति अधिकारी
  • सीता श्रेष्ठ शाक्य
  • राममाया बोगटी
  • गंगा पराजुली
  • मञ्जली शाक्य
  • मीना तामाङ
  • प्रतिमा श्रेष्ठ
  • निरुकुमारी दर्लामी
  • कंचन खनाल
  • संगीता भट्टराई
  • सरिता महर्जन
  • रूपा महर्जन
  • कल्पना शर्मा
  • दीपा सिंखडा
  • अमृता नेपाल
  • सुनिता गौतम
  • कल्पना राणा
  • लक्ष्मी गुरुङ
  • विष्णु विष्ट
  • कल्पना न्यौपाने
  • सुभद्रा नेपाल
  • ईन्द्रा अधिकारी
  • सुशीला पुन

गण्डकी प्रदेशको सूची :

  • चन्द्रा पुन
  • दीपा गुरुङ
  • हीरादेवी शर्मा
  • जमुना थकाली
  • जुनमाया गुरुङ
  • लीला राना मगर
  • मुना बानिया
  • नरदेवी पुन
  • राधा महत
  • सम्झना देवकोटा
  • सीमा क्षेत्री
  • गीता शर्मा
  • पुष्पा केसी भण्डारी
  • रेखा थापा बस्याल
  • मीनाकुमारी गुरुङ
  • लोचना अधिकारी
  • मनुमाया खत्री
  • देवीसरा थापा मगर
  • गायत्री दुरा तमु
  • गंगा पोख्रेल
  • दुर्गाकुमारी विक
  • तेजकुमारी पौडेल
  • सोमती तमु
  • एलिसा आले
  • निर्मला सुवेदी
  • तारा भुसाल
  • कल्पना अर्याल
  • तारा भुसाल
  • सुष्मा खनाल
  • गीता शाही
  • ओमकुमारी पौडेल
  • कमला नहर्की
  • धना तमु
  • निमा लामा
  • मधु अधिकारी गुरुङ
  • लक्ष्मी लामा
  • दिलमाया रोका मगर
  • कुसुम बुढा मगर
  • नीरमाया श्रीस मगर
  • मनरूपा सुवेदी

प्रदेश ५ को सूची :

  • मैना भण्डारी
  • पुष्पाञ्जलि उपाध्याय
  • पवित्रा पौडेल
  • नर्मदा भण्डारी
  • लक्ष्मी पाठक
  • भगवती भण्डारी
  • जानकी न्यौपाने
  • गोमा आचार्य
  • सावित्रा अर्याल
  • प्रभा पौडेल
  • कमला रिजाल
  • सरस्वती गौतम
  • शारदा स्वर्णकार
  • शान्ति ढकाल
  • लीला राना मगर
  • बिना ज्ञवाली
  • शोभा ज्ञवाली
  • मेनका पोख्रेल
  • तुलसी चौधरी
  • नारायणी शर्मा
  • बृहस्पति अधिकारी
  • शान्ता आचार्य
  • सीता न्यौपाने
  • भगवती घिमिरे
  • रीमा नेपाली
  • शान्ति चमार
  • आरती पौडेल
  • यमुना भुसाल
  • तुलसा केसी
  • कोमल वली
  • गंगा चौधरी सतगाँवा
  • पार्वती पुन
  • सीतादेवी बौडेल
  • जुनकुमारी रोका
  • भीमकुमारी बाँठा मगर
  • सीता आचार्य
  • जनी बन्जाडे
  • जानुका घर्ती
  • अन्जु दहित
  • मिथिला फुयाँल
  • छमकुमारी खनाल
  • लीला थापा
  • लीला शर्मा
  • हरिसरा घर्ती
  • लक्ष्मी कोइराला
  • हीरा केवट
  • रिञ्जु श्रेष्ठ
  • तुलसी डाँगी

कर्णाली प्रदेशको सूची :

  • देवी ओली
  • बदमीक्वाँरी बोहरा
  • राधिका भाम मल्ल
  • चुक्की शाही
  • सौमती ऐडी
  • कौशिलावती खत्री
  • सावित्री मल्ल
  • नन्दा चपाईं (शर्मा)
  • विजया विष्ट
  • तीर्था गौतम
  • सूर्यकुमारी श्रेष्ठ
  • मीना रखाल
  • रीता रावल
  • लक्ष्मी शाह
  • पार्वती बिसुंखे
  • मोहनमाया ढकाल
  • मेनका पछाईं
  • इन्दिरा जिएम
  • कृष्णा शाहा आचार्य
  • काली चलाउने
  • गोमा कुँवर
  • गंगा खड्का बोगटी
  • दिलमाया बुढा
  • लक्ष्मी पुन
  • पार्वती थापा
  • पार्वती वि.क.
  • बिमला के.सी.
  • यशोदा न्यौपाने
  • राधा रोकाया
  • लक्ष्मी शर्मा
  • ललिता बि.सी.
  • लक्ष्मीकन्या बुढा
  • सीता नेपाली
  • सुम्निमा डि.सी.
  • हरिमाया शर्मा

सुदूरपश्चिम प्रदेशको सूची :

  • बसुन्धरा रोकाया
  • माया भट्ट
  • मीना साउद
  • हीरा सार्की
  • ज्ञानु गैरे
  • दुर्गादेवी धामी
  • गंगुदेवी खडायत
  • जानकी अवस्थी
  • नन्दादेवी धामी
  • शकुन्तला नगरकोटी
  • ध्रुवा कुावर
  • कमला बोहरा
  • कलावती जोशी
  • देवकी मल्ल
  • कलशा महरा
  • कुन्ती जोशी
  • दुर्गा बडुवाल
  • ईश्वरी खड्का
  • लक्ष्मी शाह
  • जानकी ऐर
  • भागीरथी विष्ट
  • हीरा जैशी
  • कौशल्या ओझा
  • कमलकुमारी शाह
  • सरस्वती रावल
  • लक्ष्मी वि.क.

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.