|

जनकपुरधाम : काठ चोरी मुद्दाका फरार दुई अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवैमाथि एक सदस्यीय वन संरक्षण विशेष अदालतले खयरको काठ चोरी मुद्दामा जरिवानासहित जेल चलान गरेकोमा उनीहरू फरार रहेका थिए।

पक्राउ पर्नेहरूमा बारा जिल्लाको कोल्हवी वडा नं. ९ बस्ने रामगिर चौधरी र पाच पाहुन चौधरी रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। पक्राउ परेका दुवैलाई वन संरक्षण विशेष अदालतले २०४९ जेठ २६ गतेको फैसला आदेशले खयर काठ चोरी मुद्दामा संलग्न रहेको ठहर गर्दै जनही एक वर्ष कैद र ५ हजार ५४७ रुपैयाँ जरिवाना गरेको थियो। तर सोही समयदेखि दुवै फरार रहेका थिए। 

ईलाका प्रहरी कार्यालय बारा कोल्हवीबाट मंगलबार खटिएको प्रहरी विशेष टोलीले दुवैजनालाई लुकीछिपी रहँदै आएको अवस्थाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेशानुसार तोकिएको कैद र जरिवाना भुक्तानको लागि वीरगंज कारागार कार्यालयमा पठाइएको प्रदेश प्रहरी कार्यादयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

भन्सार छलीको सामान बरामद

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट भारबाट भन्सार छलीको झण्डै एक लाख ७०० मूल्य बराबरको विभिन्न समानहरू फेला पारेको छ। चोरी पैठारी गरी नेपाल भित्र्याइएको मालसमान बेवारिसे अवस्थामा फेलापारेकोमा आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.