राजनीति

जिएमआरले नसके माथिल्लो कर्णाली प्रदेश सरकारले निर्माण गर्छ : मुख्यमन्त्री शाही
SHARES

मंसिर १९, २०७५

    दैलेख : कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दैलेख जिल्लाको डावमा निर्माण हुन लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरले निर्माण गर्न नसके कर्णाली प्रदेशले निर्माण गर्ने बताएका छन्। दैलेखमा बुधबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले विभिन्न बहानामा जीएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्यत् आयोजना निर्माणमा ढिलाई  गरेको भन्दै कर्णाली प्रदेशको विकासको बाधक बन्न नहुने बताएका छन्। 

    उनले आफू ऊर्जामन्त्री हुँदा मुअब्जा वितरण लागि ताकेता गरेपछि मुअब्जा पाएको भन्दै त्यसपछि त्यसको कुनै प्रगति नभएको बताए। उनले आफूले ऊर्जा मन्त्रीसँग कुरा गरेर तत्काल माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागी आवश्यक पहल थाल्ने बताए। कर्णाली प्रदेशका जनताको लगानीमा समेत उक्त आयोजना निर्माण गर्न सकिने भन्दै लगानीको अभाव नहुने उनको भनाइ थियो।

    कर्णाली प्रदेको विकासका लागि १० वटै जिल्लाको गुरु योजना निर्माण गरी विकासको कामलाई तीव्र गतिका साथ अगाडि बढाउने बताए। उनले कर्णालीको विकासको खाका तयार गर्नका लागि कर्णाली प्रदेशमा योजना आयोगको गठन गरी काम अगाडि बढाई सकेको बताएका छन्। मुलुकमा निर्माण भएका पुराना सबै संरचनामा फेरिएको भन्दै आवश्यक कानुन निर्माण गर्नुपर्ने भएकाले देखिने गरी काम गर्न नसकेको बताए। कर्मचारी समायोजन हुन नसक्दा कर्मचारीको अभाव भएको भन्दै संघीय सरकारले कर्मचारी समायोजन गर्न मन्त्रिपरिषद्‍बाट पारित गरे प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै अब स्थानीय तह, जिल्ला र प्रदेशमा कर्मचारी अभाव नुहुने बताए।

    कानुन निर्माणमा भएको ढिलाइका कारण प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको भन्दै तत्काल मुख्यमन्त्री शाहीले बताएभन्दा गरिवीको रेखामुनि भएको भएकाले  त्यसको लागि प्रदेश सरकारले विशेष खालका कार्यक्रम संचालन गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]