|

कालिकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूलाई वर्तमान सरकारले हत्या गर्न खोजेका आरोप लगाएका छन्। बुधबार कालिकोटको सदरमुकाममा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै सो आफूलाई हत्या गर्ने प्रयास गरेको बताएका हुन्।

आफूलाई वर्तमान सरकारले रातारात पक्राउ गरेको र हत्या गर्ने योजना बनाएको तर जनताको दबावका कारणले नसकेको प्रकाण्डले बताए। ‘मलाई वर्तमान सरकारले हत्या गर्ने हत्या गर्ने प्रयास गरेको थियो’ उनले भने, ‘ब्यापक जनदवावका कारणले त्यो असफल भएको भयो।’

वर्तमान सरकार कम्युनिष्टको सरकार नभएको र यो सरकारले जनअपेक्षा पनि पूरा नगर्ने प्रकाण्डले दाबी गरे। ‘यो सरकार कम्युनिष्ट सरकार हो भनेर तपाईंहरू भ्रम हुनुहोला’ उनले भने, ‘यो विदेशी दलालहरूले बनाएको सरकार हो।’

प्रकाण्डलाई ५० किलोको माला

प्रकाण्डलाई कालिकोटका शहिद परिवारले ५० किलोको फूलमाला लगाएर सम्मान गरेका छन्। जिल्लाबाट ५०० शहिदका परिवारले प्रकाण्ड ५० दिन जेल बसेर छुटेका कारण ५० किलोको फूलमालाले सम्मान गरेको जिल्ला सेक्रेटरी मनिलाल ऐडीले बताए। ‘शहिद परिवारले ५० दिन जेल बसेर छुटेका कारणले ५० किलोको फूलमालाले सम्मान गरिएका हुन्’ उनले भने,‘यो शहिद परिवारले देखाएको सहानुभूति हो।’

दाइलाई देखेर आँसु झारिन् बहिनीले

कार्यक्रममा प्रकाण्डलाई देखेपछि उनकी कान्छी बहिनी जैपूरा विश्वकर्माले आँखाका आसु थाम्न नसकेर भक्कानिएकी थिइन्। मञ्चमा नै पुगेर उनले दाजुको छातीमा टाउको राखेर आसुँ झारेकी थिइन् भने प्रकाण्ड पनि भावुक बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.