समाज

रेसुङ बहुमुखी क्याम्पसमा अनिश्चिकालीन तालाबन्दी
SHARES

मंसिर १९, २०७५

    गुल्मी : रेसुङ नगरपालिका तम्घासको रेसुङ बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चिकालीन तालाबन्दी गरिएको छ। अनेरास्ववियु रेसुङ बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख हरिबहादुर खत्रीको कार्यकक्षमा तालाबन्दी गरेको हो।

    क्याम्पसमा प्रशासनको तर्फबाट भइरहेका गलत क्रियाकलापको बारेमा पटक–पटक ध्यानाकर्षण गराइ मंसिर १७ गते अनेरास्ववियूले क्यामपस प्रशासन र सञ्चालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। जसमा अपादर्शी ढंगले गरिएका आंशिक प्रध्यापक नियुक्ति, आर्थिक अनियमितताको छानबिन, प्रध्यापकहरूको गैरहाजिरीलगायतका विषय समावेश थिए। पत्रमाथि छलफल गर्न बुधबार संगठनका अध्यक्ष, स्ववियू सभापति, सञ्चालक समिति र क्याम्पस प्रशासनबीच वार्ता भएको थियो।

    तर उक्त वार्तामा क्याम्पस प्रमुख खत्री गैरजिम्वेवार ढंगले प्रस्तुत भएको भन्दै ताला लगाइएको हो। ‘क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा पदासिन पदाधिकारीको निरीह एवं गैरजिम्मेवार अभिव्यक्तिले क्याम्पसको शैक्षिक गुणस्तर, आर्थिक अपारदर्शिता, चुस्त व्यवस्थापन लगायतका विषयप्रति कुनै जिम्मेवारीबोध नरहेको देखिन्छ,’ अनेरास्ववियू क्याम्पस कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    अनेरास्ववियूका अध्यक्षद्वय हुमाकान्त पोखरेल र विमल छन्तेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा तीनवटा मागहरू राखिएको छ। जसमा अपादरदर्शी ढंगले राखिएको आंशिक प्रध्यापक नियुक्ति खरेज गरी प्रतिस्पर्धाको माध्यमबाट योग्य जनशक्ति तयार गर्ने, आर्थिक अनियमितताको छानबिनका लागि छानबिन उपसमिति गठन गर्ने र क्यामपस सञ्चालक समिति क्याम्पस प्रशासनमा रहेका सबै उप–समिति समावेशी ढंगले पुर्नगठन गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]