मन्त्री महासेठको नाम लिएर गर्थे गुन्डागर्दी

|

काठमाडौं : जनकपुरको रत्नसागर मन्दिरको जग्गा किर्ते गरी अर्बौं रुपैयाँमा बिक्री गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरका महन्त बैकुण्ठदास रहेको नेपाल प्रहरीका प्रदेश २ प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरि पालले जानकारी दिए।

महानगरीय अपराध महाशाखाको सहयोगमा उनलाई काठमाडौंबाट बुधबार पक्राउ गरिएको पालले बताए।

महन्त बैकुण्ठदास भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको नाम लिएर तराईका जिल्लामा गुन्डागर्दीमा संलग्न रहेको पनि प्रहरीको भनाइ छ। महाशाखाको टोलीले उनलाई बिहीबार जनकपुर पठाउने तयारी गरेको जनाएको छ। 

हत्या अभियोगमा पक्राउ परेका उनी धरौटीमा छुटेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.