|
Representative Photo

संसारमै मृत व्यक्तिका अंग जिउँदा मान्छेमा प्रत्यारोपण सामान्य भइसकेको छ। तर, दुनियाँमा पहिलोपटक यस्तो भएको छ कि मृत महिलाको पाठेघर जिउँदो महिलामा प्रत्यारोपण गरिएको छ। त्यसरी मृतबाट जिउँदो महिलामा प्रत्यारोपण गरिएको पाठेघरबाट स्वस्थ बच्चासमेत जन्मिएको छ।

चिकित्सकीय क्षेत्रमा मिलेको यो सफलता ब्राजिलको साओ पाओलो सहरको हो। त्यहाँ सन् २०१६ मा मृत महिलाको पाठेघर निकालेर एक महिलाको शरीरमा प्रत्यारोपण गरिएको थियो।

१० घण्टासम्म चलेको प्रत्यारोपणमा ती महिलाको प्रजनन क्षमताको परीक्षण गरिएको थियो। यसपहिले पनि विश्वका विभिन्न देशका चिकित्सक र वैज्ञानिकहरूले मृत महिलाको पाठेघर प्रत्यारोपणको परीक्षण गरेका थिए।

ती प्रयासहरूमा वैज्ञानिक र चिकित्सक या त प्रत्यारोपण गर्न असफल भएका थिए या त्यसरी प्रत्यारोपण गरिएका महिलाको गर्भपतन भएको थियो। उनीहरूले स्वस्थ बच्चालाई जन्म दिन असफल भएका थिए।

कसरी सफल भयो प्रत्यारोपण अपरेसन?

तीन बच्चाकी आमाको दिमागमा रगत जमेर मृत्यु भएको थियो। उनको पाठेघर जुन महिलामा प्रत्यारोपण गरिएको थियो उनी एक दुर्लभ रोगबाट पीडित थिइन्। त्यस्तो रोग साढे चार हजार महिलामध्ये एकमा मात्रै हुने गर्दछ। जसलाई मेयर रोकिटानस्की होजर सिन्ड्रोम भनिन्छ।

उक्त रोगका कारण महिलाको योनी र पाठेघर सही किसिमले विकसित हुँदैन। ती महिलाको अण्डाशाय भने ठीक थियो।

चिकित्सकहरूले ती महिलाको शरीरबाट डिम्ब निकालेर एक पुरुषको विर्यसँग मिलाएका थिए। त्यसपछि ती महिलालाई रोग प्रतिरोधात्मक क्षमता कम हुने औपधि दिइएको थियो। रोग प्रतिरोधात्मक क्षमता बढी हुँदा ती महिलाको पाठेघर शरीरमा व्यवस्थित ढंगले रहन बाधा गर्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्।

त्यसको ६ हप्तापछि ती महिलालाई रजश्वला हुन सुरु भएको थियो। सातौँ हप्तामा विर्यसँग मिलाएको डिम्बलाई पाठेघरमा राखिएको थियो। त्यसपछि १५ डिसेम्बर २०१७ मा पाठेघर प्रत्यारोपण गरिएकी महिलाले अपरेसनको माध्यमबाट २.५ किलोग्राम तौल भएकी छोरीलाई जन्म दिएकी थिइन्।

साओ पाओलो को दास क्लिनिकसँग आवद्ध डा. दानी एजेनवर्गले भने, ‘जीवित हुँदै पाठेघर दान गर्नेहरूका लागि यसको प्रत्यारोपण कोसेढुंगा सावित भएको थियो। यो सफल परीक्षणबाट आमा बन्न असक्षम महिलाहरूलाई आमा बन्न सहज हुनेछ।‘

उनले जीवित महिलाले पाठेघर दान गर्ने कुरा असम्भव प्रायः हुन्छ। कोही भएपनि परिवारको इच्छाको लागि मात्रै तयार हुन्छन्। यस्तै, लण्डनको इम्पेरियल कलेजमा आवद्ध डा. सरदजान साओले यो प्रत्यारोपणको परिणाम उत्साहजनक रहेको बताएका छन्। उनले भनेका छन्, ‘यो सफल प्रत्यारोपण पछि पाठेघर दान गर्नेहरूको संख्या वृद्धि हुनेछ। यसमा खर्च पनि कम हुनेछ। यसबाट जीवित पाठेघर दाताहरूमा आउने जोखिमबाट पनि बच्न सकिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.