|

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको चेल्सीले वल्भर ह्याम्पटन वन्डरस (वल्भ्स)सँग अप्रत्यासित हार व्यहोरेको छ। बुधबार राति भएको खेलमा चेल्सी वल्भ्ससँग २–१ ले पराजित भयो।

वल्भ्सँग सुरुवाती अग्रता लिए पनि चेल्सी जोगाउन असफल भयो। खेलको १८ औं मिनेटमा रोबिन लोफ्टसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा वल्भ्सले सानदार पुनरागमन गर्दे चेल्सीलाई निराश बनायो। खेलको ५९ औँ मिनेटमा राउल जेमिनिजले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काए। त्यसपछि खेलको ६३ औँ मिनेटमा डिएगो जोटाले गोल गरेपछि वल्भ्सले २–१ को अग्रता बनाउन सफल भयो। यो नै निर्णायक बन्यो।

एकतर्फी रूपमा खेललाई आफ्नो नियन्त्रणमा राखे पनि चेल्सीले गोल गर्न नसक्दा पराजय व्यहोर्‍यो। हारसँगै चेल्सीले लिगको तेस्रो स्थान गुमाएको छ। १५ खेलबाट ३१ अंक जोडेको चेल्सी चौथो स्थानमा पुग्यो। चेल्सीलाई स्तब्ध बनाएको वल्भ्स १५ खेलबाट १९ अंक जोडेर १२ औँ स्थानमा उक्लिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.