सुनसरी : आयोजक धरान फुटवल क्लब बुढासुब्बा गोल्डकप फुटवलको फाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा ए डि...

इंग्लिस प्रिमियर लीगमा लिभरपुलले आफ्नो अपराजित यात्रा जारी राखेको छ। बुधबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको लिभरपुलले अवे मैदानमा बर्नलीलाई ३–१ ले पराजित गर्दे सिटीसँगको अग्रता दुई अंकमा घटाएको छ।
बर्नलीले आफ्नो घरेलु मैदानमा पहिलो हाफमा गोेलरहित बराबरीमा लिभरपुललाई रोकेपनि खेलको ५४ औँ मिनेटमा ज्याक कोर्कको गोलबाट बर्नलीले अग्रता लिएको थियो। अप्रत्यासित रुपमा पछि परेपछि आक्रामक बनेको लिभरपुल अन्तत पुनरागमनमा सफल भयो।
६२ औँ मिनेटमा जेम्स मिल्नरले लिभरपुलका लागि बराबरी गोल फर्काए। त्यसको सात मिनेटपछि रोबर्टो फिरमिनोले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए। इन्जुरी समयको पहिलो मिनेटमा जर्दान शाक्विरीले गोल गरेपछि लिभरपुल ३–१ ले विजयी भयो। लिभरपुलको १५ खेलबाट ३९ अंक भएको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ४१ अंक रहेको छ। बर्नली ९ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।