|

तनहुँ : महालक्ष्मी विकास बैंक लिमिटेडले दमौलीमा शाखा विस्तार गरेको छ। बुधबार विस्तार भएको शाखाको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले शुभारम्भ गरे।

नगरप्रमुख न्यौपानेले एउटा प्रतिष्ठित बैंक सञ्चालनले अार्थिक कारोबार गर्न स्थानीयलाई सहज हुने बताए। प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बै‌ंकको सेवा प्रवाह सहज रूपमा हुने अपेक्षा गरे।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले बैंकले धितोलाई मात्रै प्राथमिकता नदिई सम्पत्ति नभएका इमानदार उद्योगी व्यवसायीमाथि पनि लगानी गर्नुपर्ने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले आवश्यकतालाई सम्बोधन गर्दै आएको दाबी गरे।

आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने बताए। मुलुकका शहरी तथा ग्रामीण क्षेत्रमा थरी ८५ वटा शाखा तथा ३५ वटा एटिएम बुथ मार्फत सेवा प्रदान गरिरहेको उनले बताए। 

हाल महालक्ष्मी बैंकको ग्राहक सङ्ख्या चार लाख १५ हजार भन्दा बढी रहेको जानकारी दिइएको छ। बैंकको चुक्ता पुँजी दुई अर्ब ६३ करोड रहको छ भने हालसम्म २७ अर्ब भन्दा निक्षेप संकलन गरी  २४ अर्ब चार करोड कर्जा प्रवाह गरेको बताइएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.