काठमाडौं : मध्यपुर थिमी नगरपालिका २ लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
राति पौने १२ बजे तीव्र गतिमा रहेको बा ९३ प ४११९ नम्बरको मोटरसाइकल सडकको रेलिङमा ठोक्किँदा सूर्यनिवायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो।
उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मोटरसाइकल पछाडी सवार २५ वर्षीय राजकुमार श्रेष्ठको उपचार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।