|

काठमाडौं : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ। पार्टी केन्द्रीय कार्यलय सानेपामा बिहान ११ बजे सुरु हुने बैठकमा राजनीतिक प्रतिवेदन निर्माणका संयोजक उपसभापति विमलेन्द्र निधिले प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बिहीबारकै बैठकमा महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा तयार भएको संगठनसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत हुनसक्ने कांग्रेसले जनाएको छ। यसअघि बुधबारको बैठकमा सहमहामन्त्री डा‍.प्रकाशशरण महतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

बैठकमा पार्टीको प्रस्तावित विधान मस्यौदामाथि सदस्यहरूले धारणा राख्ने क्रम पनि जारी रहने केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.