|

काठमाडाै :  दिवंगत आत्माको चिर शान्तिका लागि रातभर दीप जगाएर बिहान नदीमा दीप बगाएर शतबीज छरी मनाउने पर्व हो बालाचतुर्दशी। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवंगत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ।

श्रद्धालुहरू चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गर्छन्। शतबीजमा सयथरीका अन्न, फलफूल रहेका हुन्छन्। शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुन्छन्।  बालाचतुर्दशीका अवसरमा पशुपतिमा  दिवंगत अात्माकाे चिर शान्तिका लागि रातभर दीप जगाइएको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.