|
File Photo

कठमाडौं : पाँच दिने युरोप भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फकिएकी छन्। राष्ट्रपति भण्डारी केही समयअघि काठमाडौं ओर्लिएको भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी गत शनिबार पोल्याण्ड गएकी थिइन्। राष्ट्रपतिसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र केही सांसद पनि पोल्यान्‍ड गएका थिए।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै पोल्यान्‍डका समकक्षीसँग पनि द्वीपक्षीय भेटवार्ता गरेकी थिइन्। उनले  जर्मनीको बर्लिनमा आयोजित गैरआवासीय नेपालीहरूको कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.