|

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको सन् २०१९ का लागि अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले नाम दर्ता गराएका छैनन्। तर ७० स्थानका लागि एक हजार तीन खेलाडीले दाबेदारी पेस गरेका छन्। त्यसमा एक जना पनि नेपाली खेलाडी नरहेको भारतीय संचार माध्यमले जनाएका छन्।

नेपाली कप्तान पारस खड्का, सोमपाल कामी र करन केसीको नाम आइपिएलको अक्सनमा सहभागी हुने चर्चा चले पनि अहिलेसम्मको सूचीमा उनीहरूको नाम छैन। तर आठ फ्रेन्चाइज टोलीले आउँदो १० तारेखसम्म थप खेलाडीको नाम उपलब्ध गराउन सक्नेछन्। आइपिएल क्रिकेटमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने भने यो सिजन पनि दिल्ली डेयरडेभिल्सबाट खेल्नेछन्। उनी २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका हुन्।

आइपिएलको १२औँ संस्करणका लागि आउँदो १८ तारेख अर्थात् पुस ३ गते जयपुरमा खेलाडीको बोलकबोल हुनेछ। एक हजार तीन खेलाडीमध्ये २३२ विदेशी खेलाडी र ७४६ भारतीय खेलाडी छन्। सूचीमा संलग्न खेलाडीमध्ये ८०० बढी खेलाडीसँग अन्तर्राष्ट्रिय म्याचको अनुभव छैन।

अक्सन लिस्‍टमा समावेश विदेशीमध्य सबैभन्दा धेरै दक्षिण अफ्रिकाका ५९, अस्‍ट्रेलियाका ३५, वेष्टइन्डिजका ३३, अफगानस्तानका २७ खेलाडी छन्। श्रीलंकाका २८, न्युजिल्याण्डका १७, इंग्ल्याण्डका १४, बंगलादेशका १०, जिम्बाबेका पाँच छन्। त्यस्तै, अमेरिका, हङकङ, नेदरल्याण्ड्स र आयरल्याण्डका एकएक खेलाडी सूचीमा समावेश छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.