|

काठमाडौं : उपाधि होडमा रहेको आर्मी फ्रेन्डस क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ। बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी फ्रेन्डससँग गोलरहित बराबरीमा रोकियो।

गोलरक्षक देव लिम्बूले आर्मीका एकदर्जजन बढी प्रहारलाई असफल बनाएपछि फ्रेन्डस गोलरहित बराबरीमा रोकियो। पहिलो हाफको १४ औं मिनेटमा टंक बस्नेतले २५ यार्ड बाट गरेको उत्कृष्ट प्रहार गोलरक्षकले सानदार डाइभ गर्दै क्लीयर गरे। २० औं मिनेटमा टंककै प्रहारलाई देवले विफल तुल्याए। पहिलो हाफमा नै ५ वटा गोलका मौका सदुपयोग गर्न आर्मी असफल भयो। त्यसो त डिफेन्डरले समेत आर्मीका केही राम्रा प्रहारलाई असफल बनाए।

दोस्रो हाफमा पनि खेलमा आर्मी हावि भयो। तर गोल निकाल्न नसक्दा दोस्रा स्थानमा उक्लनबाट असफल भयो। खेल अवधिभर आर्मीका आधा दर्जन गोलका सुन्दर मौका जोगाएका गोलरक्षक देव खेलको म्यान अफ द म्याच घोषित भए। यस बराबरीसँगै आर्मीको ६ खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक भएको छ। आर्मी अंक तालिकामा चौथो स्थानमा छ । यता फ्रेन्ड्सले भने ६ खेलमा ५ अंक जोडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.