|

काठमाडौं : फिल्म ‘गीत गजल’को छायांकन सकिएको छ। छायांकन सुरु भएको ३५ दिनमा फिल्मको सेड्युल सकिएको हो। फिल्मको अन्य छायांकन सकिए पनि दुई गीत भने खिच्न बाँकी भएको निर्देशक नितिन चन्दले बताए।

‘गीत गजल’बाट दुई कलाकार रूप पोखरेल र आरोही सिंहले डेब्यु गर्दै छन् भने यस फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, भीमा मैनालीको पनि मुख्य भूमिका रहेको छ। 'आरोहण प्रोडक्सन'को ब्यानरमा निर्माण भएको फिल्ममा आरोहण क्षेत्रीको लगानी रहेको छ।

'गीत गजल'मा कथा, पटकथा तथा संवाद अस्मीत पोखरेलको रहेको छ। सुदीप कुँवर मुख्य साहायक निर्देशक रहेको यस फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.