|

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल बलदेवसँग नेपालका लागि अमेरिकी राजदूत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्। बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपंक्षीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ। 

भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा असीमित आवश्यकता भए पनि आफूहरू सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझदारीका विषयमा छलफल गर्न सकिने बताए।अहिलेलाई नेपालका लागि कृषि पूर्वाधार र यान्त्रिकीकरणका केही विषयमा समझदारी हुन सक्ने मन्त्री खनालको भनाई छ। नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रीकीकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यवसायिक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको खनालले बताए। 

नेपालमा हरेक वस्तु उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यवसायिक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाई छ। जवाफमा राजदुत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताए। त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गर्नु पर्ने उनको भनाई थियो। नेपालसँग सहकार्य हुन सक्ने विषयमा थप छलफल गरी अघि बढ्नु पर्ने बेरीले बताए। नेपालमा चालुरहेका अमेरिकी सहयोगका परियोजनाको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदूत बेरीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.