|

बाँके : नेपालगन्ज मेडिकल कलेजको गेट छेउमै रहेका दुईवटा फार्मेसीमा आगलागी हुँदा करिब एककरोड रुपैयाँको औषधि र फर्निचर जलेर नष्ट भएको छ। बुधबार राति करिब १० बजेको समयमा अकस्मात आगलागी हुँदा ६० लाख रुपैयाँ बढिको औषधि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

नेपालगन्ज मेडिकल कलेज अगाडि रहेका माया मेडिकल हल र सफा मेडिकलमा आगलागी भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। उनले आगलागी भएका फार्मेसीसँगै जोडिएका अन्य दुईवटा मेडिकलमा पनि क्षति पुगेको बताए। आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताउँदै उनले माया मेडिकल हलको २५ लाख र सफा मेडिकल हलको ३५ लाख रुपैयाँ बढीको औषधि तथा फर्निचर जलेर नष्ट भएको बताए।

प्रत्यक्षदर्शीका अनुसार आगलागीबाट एककरोड बराबरको क्षति भएको अनुमान गरेका छन्। नेपालगंज उपमहानगरपालिकाको दमकलको सहायतामा दुई घण्टाभित्र आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.