|

काठमाडौं : मन्त्रिपरिषदले मंसिर  १७ गते गरेका १०  निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सूचना संचार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदका निर्णयहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट गुड

गभरनेन्स अवार्डमा प्राप्त एक लाख अमेरिकी डलरमा सोही बराबर रकम नेपाल सरकारले थप गरी शान्ति सुशासन नवप्रवर्तन वैज्ञानिक खोज अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्‍यले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय सरकारले गरेको छ। सरकारले मन्त्रिपरिषद्का निर्णयहरू प्रत्येक बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै आएको छ।

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.