|

काठमाडौं : कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जना बढी युवा पक्राउ परेका छन्। महाराजगंजस्थित राष्ट्रपति कार्यालयअगाडि प्रदर्शनमा उत्रिएका युवा युवती गरी १२ जना भन्दा युवालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

प्रहरीका अनुसार निर्मलाको न्यायका लागि भन्दै स्वस्फूर्त रूपमा भेला भएका विद्यार्थीको समूहले प्रवेश निषेधाज्ञा तोड्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको

जनाइएको छ। उनीहरूलाई अहिले वृत्तको हिरासतमा राखिएको छ। उनीहरूलाई केहीबेरमा छोडिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.